काठमाडौँ- नायिका एलिजा गौतम नागरिक उन्मुक्ति प्रवेश गरेकी छन्।
आज रुपन्देहीमा भएको पार्टीको कार्यक्रममा उनी उन्मुक्ति प्रवेश गरेकी हुन्। उनलाई पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीमा प्रवेश गराएकी हुन्।
गौतम आफै पार्टी प्रवेश गर्ने इच्छा देखाएपछि स्वागत गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
गौतमसँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्।
गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन्। उनलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने बताएको छ। गौतम यसअघि कुनै पार्टीमा आबद्ध थिइनन्।
प्रकाशित: १४ माघ २०७९ १४:२३ | Saturday, January 28, 2023
प्रतिक्रिया



