काठमाडौँ- नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन्।
जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो।
उनी महोत्तरी क्षेत्र ४ (१) बाट निर्वाचित सांसद हुन्। गत मंसिर ४ को निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ।
                            प्रकाशित: २० पुष  २०७९ ८:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

