एमालेबाट विमला राई परराष्ट्र, राजेन्द्र राई रक्षा र पदम गिरी स्वास्थ्यमन्त्री बन्दै

हिमाल प्रेस ३ माघ २०७९ ९:३९ | Tuesday, January 17, 2023
एमालेबाट विमला राई परराष्ट्र, राजेन्द्र राई रक्षा र पदम गिरी स्वास्थ्यमन्त्री बन्दै

काठमाडौँ- नेकपा एमालेले डा. विमला राईलाई परराष्ट्रमन्त्री बनाउने भएको छ। राष्ट्रियसभा सदस्य राईलाई परराष्ट्रमन्त्री बनाउने एमालेका एक नेताले बताए।

यस्तै, एमालेबाटै प्रत्यक्षतर्फ निर्वाचित सांसद राजेन्द्र राई रक्षामन्त्री बन्ने भएका छन्। उनी सरकारमा सामेल भए पनि हालसम्म बिना विभागीय मन्त्री छन्।

उनलाई आजबाट जिम्मेवारी दिइदैछ। एमालेले पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय गरेको छ।

साथै एमालेबाट सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारी पक्का भए पनि मन्त्रालय खुलाइएको छैन।

प्रकाशित: ३ माघ २०७९ ९:३९ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast