एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने

हिमाल प्रेस ९ माघ २०७९ १५:५७ | Monday, January 23, 2023
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने

काठमाडौँ- यसपालिको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी आयोजना गर्ने अवार्डको मिति सोमबार घोषणा गरिएको हो।

२०६० देखि लगातार आयोजना भइरहेको अवार्डमा यसपल्ट पनि वर्षभरी नेपाली खेलकुदलाई योगदान पु¥याएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्नेछ।

अवार्डको नयाँ मिति घोषणा गर्न आयोजित कार्यक्रममा मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीसँग चार वर्षका लागि सम्झौता पनि गरियो। नेपालमा बजाज पल्सर मोटरसाइकलको उत्पादन तथा वितरण गर्ने हंशराज हुलासचन्दले विगत १३ वर्षदेखि अवार्डलाई प्रायोजन गर्दै आएको छ।

काठमाडौँको कमलादी स्थित प्रज्ञम भवनमा आयोजना हुने समारोहमा नौ विधामा अवार्ड प्रदान गरिनेछ । पुरुष र महिलातर्फ वर्षको उत्कृष्ट खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक र पिपल च्वाइसलाई पल्सर मोटरसाइकलले पुरस्कृत गरिनेछ।

त्यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डका अन्य विधा हुन्। यी विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

वर्ष खेलाडी पुरुष र महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयनका लागि मञ्चले ‘खेलाडी छनोट समिति’ गठन गरेको छ।

मनोनयन नहुने विधाहरू लाइफटाइम, स्पेसल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

प्रकाशित: ९ माघ २०७९ १५:५७ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast