एनआईसी एशिया बैंकका १० वटा क्यास डिपोजिट मेसिन सञ्चालनमा

हिमाल प्रेस २६ पुष २०७९ १७:०५ | Tuesday, January 10, 2023
एनआईसी एशिया बैंकका १० वटा क्यास डिपोजिट मेसिन सञ्चालनमा

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडले १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ।

बैंकले काठमाडौँको न्युरोड शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखाका साथै रजिष्टर्ड अफिस (थापाथली) शाखामा सीडीएम मेसिन सुरु गरेको हो।

त्यस्तै रुपन्देहीको बुटबल शाखा, पोखरा महेन्द्रपुल शाखा, धनगढी चौराहा शाखा, विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा सीडीएम मेसिन सञ्चालनमा ल्याएको छ।

क्यास डिपोजिट मेसिनबाट भौचर नभरी खाता र मोबाइल नम्बरका आधारमा रकम जम्मा गर्न सकिन्छ। तर मेसिनबाट बैंकिङ समयभित्र मात्रै नगद जम्मा गर्न सकिने बैंकले जनाएको छ।
मेसिनबाट पाँच सय र एक हजार दरका नोट गरी एक पटकमा ९९ हजार ५०० रुपैयाँ र दैनिक ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने छ।

प्रकाशित: २६ पुष २०७९ १७:०५ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast