उर्दूमा अनुवादित नेपाली कविता

हिमाल प्रेस २७ पुष २०७९ १४:५३ | Wednesday, January 11, 2023
उर्दूमा अनुवादित नेपाली कविता

काठमाडौँ- नेपाली कविताहरू उर्दूमा अनुवाद भएका छन्। इस्लामाबादको ‘पाकिस्तान एकेडमी अफ लेटर्स’ले ‘नेपाल की आवाज’ नामले नेपाली कविताहरू उर्दूमा अनुवाद गरेको हो।

धरणीधर कोइराला– नेपाल, महानन्द सापकोटा– अब, लेखनाथ पौड्याल– पिंजराको सुगा, गोपालप्रसाद रिमाल– आमाको सपना, सिद्धिचरण श्रेष्ठ– आफ्नो परिचय, भवानी भिक्षु– दुःखको कथा, केदारमान व्यथित–चङ्गा, माधवप्रसाद घिमिरे– काली गण्डकी, विजय मल्ल– छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी– जाग एसिया जाग, मोहन कोइराला– सारंङ्गी, जगदीश शमशेर राणा– केटी शहर जान्छे, पारिजात– वरको रूख, भूपी शेरचन– मोमबत्तीको शिखा, ईश्वर बल्लभ– क्रूर विचारको कथा, वासु शशी– एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ– यी आँखाले खोजेका, वैरागी काइला– विवाहित महिला कामदारको डायरी, रत्न शमशेर थापा– एक अन्त्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ– मेरो पिढी, तुलसी दिवस–बलेको दियोको तल, कालीप्रसाद रिजाल– मेरो इच्छा, हरिभक्त कटुवाल– यो जिन्दगी खै के जिन्दगी, उपेन्द्र श्रेष्ठ– अँध्यारो र उज्यालोको कथा, भवानी घिमिरे– असल विचार, कुन्दन शर्मा– एउटा लामो बाटो, मदन रेग्मी– तिमी समुन्द्रको नजिक र टाढा, विमल कोइराला– फल मुन्तिया, एसपी कोइराला– सुरुवात, हरि अधिकारी– अधिकारको पूजा, पुरुषोत्तम सुवेदी– लडाइँको पक्षमा, व्याकुल माइला– काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी–जाती, नवराज लम्साल– हरसालको एक उच्च हल्लाखल्ला, मोमिला– आफ्नो राष्ट्रिय मौन आवाजमा’आदि १ सय ८ कविताको उर्दूमा अनुवाद गरिएका छन्। अनुवाद जिया–उल–मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गरेका हुन्।

बाहिरी आवरणसहित ३ सय ८५ पृष्ठको यस कविता संग्रहको अनुवादमा पछिल्ला सय वर्षमा लेखिएका नेपाली कविता समेटिएका छन्। पाकिस्तानका राष्ट्रभाषामा कविताको अनुवाद प्रकाशनमा नेपाली राजदूतावास, इस्लामाबादले सहजीकरण गरेको छ।

प्रकाशित: २७ पुष २०७९ १४:५३ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast