काठमाडौँ– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। उनले सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द किशोर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएकी हुन्।
उनी उपसभामुखमा शनिबार निर्वाचित भएकी हुन्। राजनीतिअघि समाजसेवामा रहेकी राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभामुख बनेकी हुन्।
उनले सोमबार नै संघीय संसद सचिवालय सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ९ माघ २०७९ १८:११ | Monday, January 23, 2023
प्रतिक्रिया




