उपसभामुख रानाले आज शपथ लिँदै

हिमाल प्रेस ९ माघ २०७९ ९:२० | Monday, January 23, 2023
उपसभामुख रानाले आज शपथ लिँदै

काठमाडौँ- नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन्। रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नेछिन्।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् । उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन्।

मत विभाजन गराउँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।

प्रकाशित: ९ माघ २०७९ ९:२० | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast