उपसभामुखको उम्मेदवार टुंग्याउन धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

हिमाल प्रेस ६ माघ २०७९ १०:१६ | Friday, January 20, 2023
उपसभामुखको उम्मेदवार टुंग्याउन धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक फाइल तस्बिर।

काठमाडौँ- उपसभामुखको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा बसिरहेको छ। बैठकले उपसभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टुंगो लगाउने छ।

विपक्षी गठबन्धनमा नेकपा (एस), लोसपा पनि छन्। सभामुख पुरुष भएकाले उपसभामुखमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यता छ। त्यसैले पनि कांग्रेसबाट नै उपसभामुखको उम्मेदवार बन्ने सम्भावना छ।

आज (शुक्रबार) उपसभामुखको मनोनयन दर्ता हुँदैछ। भोलि (शनिबार) मतदान हुनेछ।

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने थियो। त्यसमा न्यौपानेलाई नेकपा (एस), लोसपाले सहयोग गरेका थिए।

प्रकाशित: ६ माघ २०७९ १०:१६ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast