आर्थिक संकटका कारण श्रीलंकाले सैनिकको संख्यामा कटौती गर्ने

हिमाल प्रेस ३० पुष २०७९ १७:३३ | Saturday, January 14, 2023
आर्थिक संकटका कारण श्रीलंकाले सैनिकको संख्यामा कटौती गर्ने

काठमाडौँ- आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सैनिकको संख्या घटाउने भएको छ। हालको संख्यामा एक तिहाइ कटौती गर्दै अर्को वर्ष एक लाख ३५ हजारमा झारिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। सन् २०३० सम्ममा श्रीलंकाली सैनिकको संख्या जम्मा एक लाख मात्र हुनेछ।

७० वर्षयताकै खराब आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले सेनाको आकार सानो बनाउँदा देशको अर्थतन्त्रलाई केही हदसम्म राहात पुग्ने अनुमान छ। सेनाको आकार सानो बनाउने बरु प्राविधिक र रणनीतिक रुपमा सुदृढ गर्ने श्रीलंकाको भनाइ छ।

विश्वब्याङ्कको तथ्यांक अनुसार सन् २०१७ देखि २०१९ सम्म श्रीलंकाली सैनिककोको संख्या तीन लाख १७ हजार थियो। झन् २५ वर्षे गृहयुद्धका बेला त सेनाको आकार अझ ठूलो थियो। श्रीलंकाली सरकार र तमिल टाइगर्सबीचको युद्ध सन् २००९ मा टुंगिएको थियो।

सन् २०२१ मा श्रीलंकाको कूल खर्चको २.३१ प्रतिशत रक्षा क्षेत्रले ओगटेको थियो। कोलोम्बोको थिंकट्याङ्क भेरिटका अनुसार गत वर्ष भने रक्षा खर्च २.०३ प्रतिशतमा झरेको थियो।

हालै मात्र राष्ट्रपति रनिल विक्रमसिंंघेले सरकारको कूल खर्चमा पाँच प्रतिशत कटौती गर्न निर्देशन दिएका थिए। गत साता श्रीलंकाली सरकारले १८ लाख परिवारलाई दिइँदै आइएको पेन्सन रोकिन सक्ने चेतावनी पनि दिएको थियो।

श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतका दातासँग ऋण मागिरहेको छ। तर आईएमएफले दुई अर्ब ९० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउनुअघि आर्थिक अवस्थामा स्थिरता ल्याउन भनेको छ। कर बढाउनु पर्ने, सरकारी कर्मचारीको संख्यामा कटौती गर्नुपर्ने आदि शर्त दाताले राखेका छन्। शर्त पूरा गर्न श्रीलंकाली सरकार विभिन्न कदम चालिरहेको छ।

रोयटर्सको सहयोगमा

प्रकाशित: ३० पुष २०७९ १७:३३ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast