आयात घटाएर निर्यात बढाऔं : कृषिमन्त्री साह

हिमाल प्रेस ४ माघ २०७९ १८:१९ | Wednesday, January 18, 2023
आयात घटाएर निर्यात बढाऔं : कृषिमन्त्री साह

ललितपुर– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आयातलाई घटाएर निर्यात बढाउने अवस्था सृजना गर्नुपर्ने बताएकी छन्। राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

‘हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढंगले सोच्नु आवश्यक छ,’ उनले भनिनन्। हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रूपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने मन्त्री साहको भनाइ छ।

मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय गरेर नेपालको कृषि क्षेत्रमा आफ्नो मौलिकता जगाउने काम भएको बताए।

‘नेपालको कृषि क्षेत्रमा ४० प्रतिशतभन्दा बढी जैविक विविधता ह्रास भएर गइसकेको छ, अब पनि हामीले जैविक विविधताको संरक्षण गर्न सकेनौँ भने हाम्रो अगाडि ठूलो चुनौती खडा हुन्छ,’ उनले भने।

मन्त्रालयका अर्का सचिव डा दीपककुमार खरालले मानव जातिलाई दीर्घकालसम्म सहज बनाउन जैविक विविधताको संरक्षण आवश्यक भएको उल्लेख गरे।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले कृषिमा जैविक विविधताको संरक्षण, प्रवर्द्धनका साथसाथै अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ४ माघ २०७९ १८:१९ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast