आत्मनिर्भर लघुवित्तको खुल्यो आईपीओ

हिमाल प्रेस १६ माघ २०७९ १२:१७ | Monday, January 30, 2023
आत्मनिर्भर लघुवित्तको खुल्यो आईपीओ

काठमाडौँ- आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्कासन गरेको छ। कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२ प्रतिशत अर्थात् दुई करोड तीन लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका दुई लाख तीन हजार तीन सय ८० रुपैयाँ कित्ता साधारण शेयरमध्ये २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ। आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो सेयर’मार्फत् सेयर खरिदको आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ ।

कम्पनीलाई केयर रेटिङस नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित: १६ माघ २०७९ १२:१७ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast