आगामी शैक्षिक सत्र वैशाखबाटै सुरु हुने

हिमाल प्रेस १५ माघ २०७९ १५:२३ | Sunday, January 29, 2023
आगामी शैक्षिक सत्र वैशाखबाटै सुरु हुने

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्र वैशाखबाटै सुरु हुने जनाएको छ।

केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको माघ ६ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार आगामी वैशाखबाटै शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको जनाएको हो।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन जारी गर्दै आगामी शैक्षिक सत्र २०८० वैशाखबाट सुरु भएर चैतमा सकिने जनाएको छ।

यसअघि कोरोना महामारीका कारण शैक्षिक सत्र जेठदेखि सुरु भएको थियो।

प्रकाशित: १५ माघ २०७९ १५:२३ | Sunday, January 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast