आइएमई लाइफ इन्स्योरेन्सका ३४ एमडीआरटी सम्मानित

हिमाल प्रेस ८ माघ २०७९ १२:२५ | Sunday, January 22, 2023
आइएमई लाइफ इन्स्योरेन्सका ३४ एमडीआरटी सम्मानित

काठमाडौँ- आइएमई लाइफ इन्स्योरेन्सले एक सीओटीसहित ३४ जना एमडीआरटी सम्मानित गरेको छ।

सन् २०२३ को लागि एमडीआरटीको रूपमा सम्मानित हुनेमा शारीरिक रूपमा विशेष सक्षम डडेलधुरा शाखाका नरेन्द्रसिंह भाटसमेत छन्।

एमडीआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा दर्ता भएको विदेशी संस्था हो। जहाँ ७२ देशका ५०० कम्पनी सामेल छन्। अमेरिकामा प्रधान कार्यालय रहेको संस्थामा बिमा र वित्तीय क्षेत्रका कर्मचारी संलग्न हुन सक्छन्।

आफ्ना सदस्यमध्ये तोकिएको ‘टार्गेट’ पूरा गरेका अभिकर्ता यसमार्फत् सम्मानित हुँदै आएका छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल समय सापेक्ष बजार नीतिको कारण आइएमई लाइफ ग्राहकको रोजाइमा परेको बताए।

प्रकाशित: ८ माघ २०७९ १२:२५ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast