अहिलेको सत्ता गठबन्धन धेरै टिक्दैन : चन्द्र भण्डारी

हिमाल प्रेस १६ माघ २०७९ १७:०४ | Monday, January 30, 2023
अहिलेको सत्ता गठबन्धन धेरै टिक्दैन : चन्द्र भण्डारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिलेको सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको उल्लेख गर्दे सत्ता गठबन्धन पनि धेरै समय नटिक्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने भन्ने अहिलेको बहसलाई लक्षित गर्दै उनले दीर्घकालीन सोचका आधारमा यो निर्णयमा कांग्रेस पुगेको दाबी गरे। त्यस्तै उनले संसारका दर्शन र सिद्धान्त सधैंका लागि नहुने धारणा राखे।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी पाँच वर्ष सरकारमा जानु गल्ती भएको भण्डारीले बताए।

प्रकाशित: १६ माघ २०७९ १७:०४ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast