अस्ट्रेलियाको सांगीतिक यात्रामा निस्किँदै ‘नेपथ्य’

हिमाल प्रेस ५ माघ २०७९ १३:०५ | Thursday, January 19, 2023
अस्ट्रेलियाको सांगीतिक यात्रामा निस्किँदै ‘नेपथ्य’

काठमाडौँ- लोक रक ब्यान्ड नेपथ्यले सांगीतिक भ्रमण गर्ने भएको छ। त्यसका लागि ब्यान्ड अस्ट्रेलिया पुग्नेछ।

सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया पुग्ने ब्यान्डले त्यहाँका आठ सहरमा कार्यक्रम गर्नेछ। यसअघि सन् २०१९ मा नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गरेको थियो।

ब्यान्डले ‘मानवताका लागि संगीत’ भन्दै देशव्यापी सांगीतिक अभियान चलाएको थियो। ‘मानव सेवा आश्रम’ को सहकार्यमा नेपथ्यले सातै प्रदेशका १० सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।

माघ ११ देखि सुरु भएको सांगीतिक यात्रा फागुन ५मा टुंगिनेछ। १३ जना रहेको नेपथ्यको टोली माघ ६ मा अस्ट्रेलियाका लागि प्रस्थान गर्नेछ। कार्यक्रम सम्पन्न गरी फागुन ८ मा टोली नेपाल फर्किने योजना रहेको छ।

प्रकाशित: ५ माघ २०७९ १३:०५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast