अरब सागरको जलवाष्पयुक्त वायुको प्रभाव नेपालमा, तराईमा हुस्सु/कुहिरो

हिमाल प्रेस १३ माघ २०७९ ७:१५ | Friday, January 27, 2023
अरब सागरको जलवाष्पयुक्त वायुको प्रभाव नेपालमा, तराईमा हुस्सु/कुहिरो फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।
हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केही भूभागहरूमा हुस्सुरकुहिरो लागेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु पर्ने छ।

प्रकाशित: १३ माघ २०७९ ७:१५ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast