अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

हिमाल प्रेस १६ माघ २०७९ ७:४८ | Monday, January 30, 2023
अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौँ- नेपाल भ्रमणमा आएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन्।

आइतबार वासिङ्टन डीसीबाट सिधै नेपाल आएकी उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लागेकी हुन्। उनले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नेछिन्।

नुल्यान्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ। नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन्। उनले ३३ वर्ष कूटनीतिक क्षेत्रमा काम गरिसकेकी छन्।

उनी तीन वर्षदेखि अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपमन्त्री हुन्। उनले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र युरेपियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेका थिए।

 

प्रकाशित: १६ माघ २०७९ ७:४८ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast