अमेरिका, भारत र चीनद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

हिमाल प्रेस १ माघ २०७९ १८:२८ | Sunday, January 15, 2023
अमेरिका, भारत र चीनद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ– पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति संयुक्त राज्य अमेरिका, भारत र चीन सरकारले दुःख व्यक्त गरेका छन्।

नेपालका लागि काठमाडौँस्थित अमेरिकी राजदूतावासले विमान दुर्घटनाको घटनाले अमेरिकी सरकार अत्यन्त मर्माहत भएको बताएको छ। अमेरिकाले मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

नेपालका लागि चीनको राजदूतावासले पोखरा विमान दुर्घटनाले स्तब्ध भएको बताएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले यस दुःखद घडीमा आफूहरू नेपाली जनताका साथमा रहेको उल्लेख गरेका छन्।

भारत सरकारले पनि घटनाप्रति दुःख व्यक्त गरेको छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

त्यसैगरी पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरी शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गरेको छ। आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ ५०० विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। हालसम्म ६८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटनाको शोक मनाउन सरकारले भोलि, सोमबार देशभर सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: १ माघ २०७९ १८:२८ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast