अन्तर्राष्ट्रिय प्रभाव र मूल्यवृद्धिले खाद्य आपूर्तिमा चुनौती थपेको छ : परराष्ट्रमन्त्री पौड्याल

हिमाल प्रेस १३ माघ २०७९ २१:३९ | Friday, January 27, 2023
अन्तर्राष्ट्रिय प्रभाव र मूल्यवृद्धिले खाद्य आपूर्तिमा चुनौती थपेको छ : परराष्ट्रमन्त्री पौड्याल फाइल तस्बिर। रासस

काठमाडौँ– परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले खाद्य संकट समाधानका लागि मुलुकभित्रको विविधता अवसर भएको बताएकी छन्। गैरसरकारी संस्था महासंघ नेपालले काठमाडौँमा शुक्रबार आयोजना गरेको विश्वव्यापी भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) रिर्पोट, २०२२ सार्वजनिक तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

मुलुकमा रहेको भौगोलिक र जातीय विविधता तथा मौलिक सिपलाई कृषि उत्पादन र उपभोगमा अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ।

खाद्य गहन विषय भएको र यो वर्गीय, सामाजिक, जातीयलगायत पहिचानसँग गासिएको उल्लेख गर्दै मन्त्री पौडेलले खाद्य उत्पादनसँगै वितरण, आपूर्ति र पहुँचको विषय महत्त्वपूर्ण हुने उल्लेख गरिन्।

अन्तर्राष्ट्रिय प्रभाव र मूल्य वृद्धिले खाद्य वितरण र आपूर्तिमा चुनौती थपेको बताउँदै उनले नेपालमा थोरै भए पनि यस विषयमा प्रगति भएको बताइन्। पछिल्लो समय बजारमा स्थानीय खाद्यभन्दा आयातित खाद्य वस्तुको प्रवेशले खाद्य सुरक्षामा समस्या उत्पन्न भएको धारणा व्यक्त गर्दै उनले स्थानीय खाद्य सामग्रीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा ‘नारमिन’ का महासचिव खीमबहादुर थापा, राष्ट्रिय किसान आयोगका सदस्य जीवन्ती पौडेल, महासंघका अध्यक्ष रामप्रसाद सुवेदीलगायतले खाद्य सुरक्षा विषय र समाधानका सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सरोकारवाला विज्ञ सम्मिलित समूहगत छलफल हुनुका साथै नेपालको खाद्य सुरक्षा र अधिकारको अवस्थाबारे प्रस्तुति गरिएको थियो।

प्रकाशित: १३ माघ २०७९ २१:३९ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast