अदालतलाई रवि लामिछानेको जवाफ : म विदेशी नागरिक भएको प्रमाण पेस होस्

हिमाल प्रेस २ माघ २०७९ १६:५६ | Monday, January 16, 2023
अदालतलाई रवि लामिछानेको जवाफ : म विदेशी नागरिक भएको प्रमाण पेस होस्

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली नागरिकता नत्यागेको बताएका छन्। आफ्नो पद खारेजको माग गर्दै परेको रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै उनले यस्तो बताएका हुन्। लामिछानले शुक्रबार लिखित जवाफ पेस गरेका हुन्।

जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको पनि स्पष्ट पारेका छन्। उनले २०७०मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने पनि दाबी गरेका छन्।

‘म लिखित जवाफकर्ता अमेरिकाबाट फर्केपछि न्युज–२४ मा सीधा कुरा जनतासँग भन्ने कार्यक्रममा आवद्ध भई उक्त कार्यक्रम सञ्चालन गर्ने क्रममा करिब ५ वर्षअघि मेरो नेपाली नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्काल अमेरिकी राहदानी र नागरिकता त्यागेको सूचना मिति २०७५/०३/०६ मा अध्यागमन विभागमार्फत नेपाल सरकार, गृहमन्त्रालयमा पेस गरेको थिएँ,’…प्रस्तुत विवादमा निर्विवाद तथ्य के हो भने मैले अमेरिकाको नागरिकता त्यागी सकेको र मेरो साबिककै नेपाली नागरिकता पुनः कायम रहेको छ। तसर्थ, म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक रहेको प्रमाण सम्मानित अदालतमा पेश गर्न सक्नुपर्छ अन्यथा मजस्तो नागरिकको निजी जीवन, म र मेरो देशको सम्बन्धनलाई जोड्ने मेरो नागरिकताको बारेमा झुठो आरोप लगाउन मिल्ने होइन।’

यस्तो छ रविको जवाफ 

प्रकाशित: २ माघ २०७९ १६:५६ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast