‘अगस्त्य’ बन्दै सौगात

हिमाल प्रेस १ माघ २०७९ ११:३५ | Sunday, January 15, 2023
‘अगस्त्य’ बन्दै सौगात

काठमाडौँ- फिल्म ‘द अन्ब्रेकबल अगस्त्य’मा अभिनेता सौगात मल्ल जोडिएका छन्। सौरभ चौधरीको लेखन र निर्देशन रहने फिल्ममा सौगात भित्रिएको कुरा स्वयं निर्देशकले सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा खुलाएका हुन्। सौगातलाई ‘मिस्टर भर्सटायल’का उपाधि दिँदै निर्देशक चौधरीरले फेसबुकमा तस्बिर साझा गरेका छन्।

‘टिममा स्वागत छ,’ क्याप्सनमा लेखेका छन्। फिल्ममा सौगात अगस्त्यको भूमिकामा रहनेछन्। फिल्ममा सौगात अनुबन्धित भए पनि अरू कलाकार छनोट हुन अझै बाँकी छन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको छायांकन काठमाडौँ र नवलपरासीमा हुने निर्माण टिमले जनाएको छ। फिल्मको केही भाग भारतको गोरखपुर र बनारसमा छायांकन हुनेछ।

प्रकाशित: १ माघ २०७९ ११:३५ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast