अखिल क्रान्तिकारीले जारी गर्‍यो २० बुँदे सर्कुलर

हिमाल प्रेस १२ माघ २०७९ ७:२२ | Thursday, January 26, 2023
अखिल क्रान्तिकारीले जारी गर्‍यो २० बुँदे सर्कुलर

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा केन्द्रित हुनेगरी संगठन परिचालन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ।

गत पुस २३ गते बसेको पदाधिकारी बैठकको मंगलबार २० बुँदे सर्कुलर जारी गर्दै चैत ५ गते हुने स्ववियु चुनावमा केन्द्रित हुन निर्देशन दिएको हो।
स्ववियु चुनावमा केन्द्रित भई विश्वविद्यालयमा सक्रिय भई लाग्न विद्यार्थी नेताहरुलाई जिम्मेवारी दिई कार्यविभाजन गरिएको छ। संगठनलाई व्यवस्थित र चुस्त बनाउन प्रदेश अध्यक्ष, इन्चार्ज र जिल्लाको जिम्मेवारी समेत हेरफर गरिएको छ।

 

प्रकाशित: १२ माघ २०७९ ७:२२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast