उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र हुस्सुको सम्भावना

हिमाल प्रेस ५ पुष २०७९ ६:४८
6
SHARES
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र हुस्सुको सम्भावना

काठमाडौँ- हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुसु र कुहिरो रहेको छ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज रात‍ि प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

 

 

प्रकाशित: ५ पुष २०७९ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast