भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

हिमाल प्रेस २८ मंसिर २०७९ १८:०६
10
SHARES
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

काठमाडौँ– विकासन्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औं वार्षिक साधारणसभा तथा छैटौं महासभाले उनीहरूलाई जनही ५० हजार रुपैयाँको राशिसहित पुरस्कृत गरेको हो।

विकासन्युज डटकमका सह-सम्पादकसमेत रहेका रोकाया भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन्। डेढ दर्जन पत्रकारहरूले आवेदन दिएकोमा सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरी रोकाया र घिमिरेलाई पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए।

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललगायतले संयुक्त रूपमा उनीहरूलाई प्रमाणत्रसहित चेक हस्तान्तरण गरेका हुन्। विकासन्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर कलम चलाउँदै आएका छन् भने शिलापत्रकर्मी घिमिरे सेयर, बैंकिङलगायत आर्थिक क्षेत्रका विविध विषयमा रिपोर्टिङ गर्दै आएकी छन्।

नाफिजले भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ को सहकार्यमा नाफिजले उक्त पुरस्कार प्रदान गरेको हो।

आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि साथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरेर पुरस्कार स्थापना गरिएको फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले कार्यक्रममा जानकारी दिइन्।

प्रकाशित: २८ मंसिर २०७९ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =