मोटरसाइकलको ट्यांकीभित्र २४ लाख रूपैयाँ!

हिमाल प्रेस २८ मंसिर २०७९ १६:३४
4
SHARES
मोटरसाइकलको ट्यांकीभित्र २४ लाख रूपैयाँ!

धनुषा- मोटरसाइकलको ट्यांकीभित्र लुकाइछिपाइ ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रूपैयाँसहित धनुषाबाट एक जनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले मंगलबार भारतका २३ वर्षीय उमेश कुमारलाई धनुषा जिल्लाको विदेह नगरपालिका-९, इटहर्वास्थित सीमा इलाकाबाट नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलमा रकम फेला परेपछि कुमारलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रूपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =