अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

हिमाल प्रेस २३ मंसिर २०७९ २०:३३
4
SHARES
अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौं भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) मुकुन्द भण्डारीले बताए।

उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गरेको बताइएको छ।

यस्तै स्थानीय व्यक्तिहरूलाई डर, त्रासमा पारी गालीगलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले उल्टै प्रहरीमाथि हापात, गालीगलौज तथा अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७९ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =