काठमाडौँ- बिहीबार बिहानैदेखि एनसेलको फोन सहज रूपमा लागेको छैन। बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनीमा सडक विस्तरका क्रममा अप्टिकल फाइबर काटिएका कारण फोनसेवा अवरुद्ध भएको एनसेल आजियाटाले जनाएको छ।
कम्पनीको मर्मतसम्भार टोली अवरोध भएको स्थानमा खटिएकाले चाँडै सहज सेवा उपलब्ध हुने एनसेलको भनाइ छ। एनसेलले अत्यावश्यक दूरसञ्चारको सेवालाई चुस्त राख्न र अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध पनि गरेको छ।
प्रकाशित: २२ मंसिर २०७९ १५:५१
प्रतिक्रिया