जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

हिमाल प्रेस २२ मंसिर २०७९ १२:०८
6
SHARES
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल इस्लाम मिया रहेको प्रहरीले जनाएको छ।

उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ बसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको थियो। उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =