प्रदूषण जाँच पास नभएको सवारीलाई १ लाख जरिवाना(सूचनासहित)

हिमाल प्रेस २२ मंसिर २०७९ ८:५५
2
SHARE
प्रदूषण जाँच पास नभएको सवारीलाई १ लाख जरिवाना(सूचनासहित)

काठमाडौँ- पुस १ गतेदेखि प्रदूषण जाँच पास नभएको सवारीसाधनलाई १ लाख जरिवाना हुने भएको छ। वन मन्त्रालय अन्तर्गतको वातावरण विभागले पुस १ गते पछि विभागको परिक्षणमा प्रदूषण जाँच पास नभएको सवारीसाधनलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी दिएको हो।

साथै सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सार्वजनिक स्थानमा सञ्चालनमा ल्याउन सबै यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

विभागबाट पछिल्लो समयमा गरिएको छड्के जाँचमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका सवारीसाधनको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले आगामी दिनमा विभागले सवारी साधनको धुँवा निस्कासनको अवस्थाको परिक्षणलाई सघनताका साथ प्रभावकारी रुपमा गर्न लागेको एक विज्ञप्तिमार्फत जनाएको छ।

हाल सवारी साधनमा धुँवा परिक्षण गर्दा तोकिएका मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेका सवारी साधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएको थियो।

प्रकाशित: २२ मंसिर २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =