पुस १ देखि बुध्दले एटीआर-७२ मार्फत काठमाडौँ-सुर्खेत उडान गर्ने

हिमाल प्रेस २१ मंसिर २०७९ १३:४७
6
SHARES
पुस १ देखि बुध्दले एटीआर-७२ मार्फत काठमाडौँ-सुर्खेत उडान गर्ने

काठमाडौँ- बुध्द एयरले पुस १ गतेदेखि एटीआर-७२ विमानमार्फत काठमाडौँ-सुर्खेत उडान गर्ने भएको छ। अहिले काठमाडौँ-सुर्खेतमा बुध्दको एटीआर-४२ विमानले उडान गरिरहेको छ।

४२ सिटे विमानमा यात्रुको संख्या कम हुने र सञ्चालन खर्च बढी हुने भएकाले ठूलो विमान थप गरिएको बुध्दको भनाइ छ। यात्रुको बढ्दो चाप र थप सुविधाको लागि ७२ सिटे विमानमार्फत सुर्खेत उडानको तयारी गरेको बुध्दले जनाएको छ।

७२ सिटे एटीआरमा काठमाडौँ-सुर्खेतको न्यूनतम भाडा ७ हजार तोकिएको छ। सुरुवातमा दैनिक बिहान १० बजे काठमाडौँबाट र सुर्खेतबाट ११ः३५ मा विमान उड्नेछ। ग्राहकको चापअनुसार उडान थप हुने बुध्दले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =