पूर्णिमा व्रत आज

हिमाल प्रेस २१ मंसिर २०७९ ६:४८
10
SHARES
पूर्णिमा व्रत आज

काठमाडौँ- आज पूर्णिमा व्रत रहेको छ। मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ। यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ। सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ। बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ।

आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ। पूर्णिमाको व्रत बिहान सूर्योदय भएसँगै सुरु हुने र साँझमा चन्द्रोदय भएसम्म बस्ने गरिन्छ। साँझमा चन्द्रोदयपछि चन्द्रमाको दर्शन गरी व्रत समापन गरिन्छ।

यसैबीच, मंसिर शुक्ल पूर्णिमा भोलि बिहीबार परेको छ। यसदिन उधौली उधौली पर्व, धान्यपूर्णिमा र योमरी पुन्हि पनि मनाउने चलन छ।

प्रकाशित: २१ मंसिर २०७९ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + four =