काभ्रेको रेबिज प्रभावित क्षेत्रमा खोप अभियान

हिमाल प्रेस २० मंसिर २०७९ ८:५४
4
SHARES
काभ्रेको रेबिज प्रभावित क्षेत्रमा खोप अभियान

काभ्रे- काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ। कुकुरको टोकाइले रेबिज स‌ंक्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए।

महाभारत-१ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ। सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईँले जानकारी दिए। उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा एक सय ६० डोज खोप उपलब्ध गराइएको छ।

उनका अनुसार मरेका दुई गाईका केही अंगहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो। कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो।

प्रकाशित: २० मंसिर २०७९ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =