पहाडी भूभागमा आंशिक बदली

हिमाल प्रेस २० मंसिर २०७९ ७:५१
2
SHARE
पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ- देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखले जनाएको छ।

प्रकाशित: २० मंसिर २०७९ ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =