‘नेफ्टा’ अवार्ड आगामी जेठ १३ मा

हिमाल प्रेस १९ मंसिर २०७९ १२:१५
6
SHARES
‘नेफ्टा’ अवार्ड आगामी जेठ १३ मा

काठमाडौँ- ‘नेपाल फिल्म टेक्निसियन एसोसिएसन (नेफ्टा)’ अवार्ड आयोजना हुने भएको छ।

आगामी जेठ १३ मा अमेरिका, टेक्ससको डल्लासमा अवार्ड समारोह हुनेछ। नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने यो नेफ्टाको एघारौँ संस्करण हो।

यसअघि मलेसिया, हङकङ, कतार, दुबईलगायत ठाउँमा अवार्ड सो भइसकेको छ। पाँचौँपटक अवार्ड समारोह विदेशमा हुन गइरहेको हो।

कोरोना भाइरसको महामारीका कारण अवार्ड समारोह आयोजना हुन सकेको थिएन। महामारीपछि फिल्म क्षेत्र बिस्तारै लयमा फर्किएसँगै नेफ्टाले पनि अवार्ड कार्यक्रम गर्न लागेको हो।

नेफ्टाको यस संस्करणमा २०७९ सालमा प्रदर्शनमा आएका फिल्मबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति, बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको आयोजक संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग समन्वय गरी अवार्ड आयोजना गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ मंसिर २०७९ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =