सत्तारुढ गठबन्धनको बैठक बस्‍दै

हिमाल प्रेस १९ मंसिर २०७९ ८:४४
8
SHARES
सत्तारुढ गठबन्धनको बैठक बस्‍दै

काठमाडौँ- आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्‍न भएपछि गठबन्धनको पहिलो बैठक बस्‍न लागेको हो। शीर्ष नेताहरूले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रूपमा पहिलो बैठक बस्‍न लागेको हो। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ।

बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। जसमा नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताइएको छ। प्रतिनिध सभा तर्फ गठबन्धन झण्डै बहुमत नजिक छ। पूर्वसहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast