मधेश प्रदेशसभाका सदस्यको सपथ आज

हिमाल प्रेस १५ पुष २०७९ ८:५४
2
SHARE
मधेश प्रदेशसभाका सदस्यको सपथ आज

काठमाडौँ- मधेश प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।

प्रदेशसभा सचिवालयमा दिउँसो २ शपथ ग्रहण हुने सचिवालय सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभामा रहेका १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले हिजो नै शपथ लिएका थिए। उनले आज बाँकी १ सय ६ जना प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्।

मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।

प्रकाशित: १५ पुष २०७९ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =