हुस्सुले भिजिबिलिटी कम हुँदा उडान प्रभावित

हिमाल प्रेस १५ पुष २०७९ ८:५०
4
SHARES
हुस्सुले भिजिबिलिटी कम हुँदा उडान प्रभावित प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- नेपालमा पछिल्ला दिनहरूमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो। मुलुकभर तापक्रम घट्दा चिसो बढेको हो। तराईमा भने दिनभर हुस्सु लाग्न थालेको छ।

जसकारण जनजीवन प्रभावित भएको छ। हुस्सुका कारण आन्तरिक उडानसमेत प्रभावित भइरहेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हुस्सुका कारण बिहान तराईका सबै विमानस्थलमा पारदर्शिता (भिजिबिलिटी) उडान हुनै नसक्ने गरी घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हुस्सुका कारण बिहानपख तराईका सबै विमानस्थलको उडान प्रभावित हुने गरेको छ।

बिहीबार भैरहवा र जनकपुर विमानस्थलको भिजिबिलिटी १ मिटरमा झरेको थियो भने विराटनगरको भिजिबिलिटी २ मिटरसम्म थियो। उडानका लागि भिजिबिलिटी कम्तीमा एक हजार ६ सय मिटर चाहिन्छ।

पछिल्लो २४ घन्टाको तथ्यांक हेर्दा डडेल्धुराको न्यूनतम तापक्रम ४.९ डिग्री छ भने दिपायलको तापक्रम ३.६ डिग्री सेल्सियसमा झरेको छ। वीरेन्द्रनगरमा २.५, पोखरामा ५.८, ओखलढुंगामा ५, ताप्लेजुङमा ४.६ र जिरीमा माइनस २ डिग्रीमा तापक्रम झरेको छ। तराईमा पनि न्यूनतम तापक्रम घटेको छ।

महाशाखाका अनुसार धनगढीको न्यूनतम तापक्रम ६.२, नेपालगन्जमा ८.३, भैरहवामा ९.४, विराटनगरमा ८.१ र जनकपुरमा ७ डिग्री  सेल्सियस मापन भएको छ।

प्रकाशित: १५ पुष २०७९ ८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =