बिलमा गलत विवरण लेखेको भेटेपछि भाटभटेनीलाई कारबाही

हिमाल प्रेस १४ पुष २०७९ २०:४७ | Thursday, December 29, 2022
बिलमा गलत विवरण लेखेको भेटेपछि भाटभटेनीलाई कारबाही चितवनस्थित भाटभटेनी सुपर मार्केट।

चितवन– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालित भाटभटेनी सुपरमार्केटलाई कारबाही गरेको छ। उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा जिप्रकाले भाटभटेनीलाई २ लाख ५० हजार जरिबाना गरेको हो।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवम् चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारबाही गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिबाना गरेको हो।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्री वितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए।

प्रकाशित: १४ पुष २०७९ २०:४७ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast