बढ्यो चिसो, हिमालमा हिउँ र तराईंमा हुस्सुले जनजीवन प्रभावित

हिमाल प्रेस १४ पुष २०७९ ६:५३
4
SHARES
बढ्यो चिसो, हिमालमा हिउँ र तराईंमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागहरुमा हुस्सुरकुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ

प्रकाशित: १४ पुष २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =