मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले आज शपथ लिने

हिमाल प्रेस १४ पुष २०७९ ९:३२
4
SHARES
मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले आज शपथ लिने ज्येष्ठ सदस्य न्यौपाने।

जनकपुरधाम- मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउन लागेका हुन्।

अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी ४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ गराउने कार्यक्रम छ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउनेछन्।

प्रकाशित: १४ पुष २०७९ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =