कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

हिमाल प्रेस १२ पुष २०७९ १४:४६ | Tuesday, December 27, 2022
कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौँ- गृहमन्त्रालयले कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो।

आज मंगलबार गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै गृहमातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

पोखरेलले जारी विज्ञप्तिमा भनिएको छ,‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।’

प्रकाशित: १२ पुष २०७९ १४:४६ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast