यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र

हिमाल प्रेस ११ पुष २०७९ १३:५८ | Monday, December 26, 2022
यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका लक्ष्मी महतो कोइरीलाई सांसदको हैसियतमा काम गर्न नदिन नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयमा पत्र पठाएका छन्।

गुरुङविरुद्ध अख्तियारमा मुद्दा छ भने महतोविरुद्ध सशस्त्र प्रहरी हत्यामा संलग्न रहेको मुद्दा छ।उनीहरूले गत बिहीबार ऐनविपरीत शपथ खाएका थिए। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ खुवाएका हुन्।

गुरुङ मनाङबाट निर्वाचित भएका हुन् भने महतो महोत्तरी १ बाट निर्वाचित भएका हुन्। संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पनि दुई सांसदलाई काम गर्न नदिनभन्दै पत्र प्राप्त भएको जानकारी दिए। ‘उहाँहरूलाई सांसदको हैसियतमा काम गर्न नदिन भनेर पत्र प्राप्त भएको छ,’ उनले भने, ‘अब उहाँहरूले काम गर्न पाउनुहुँदैन।’

भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका सांसदले पनि लिए शपथ

 

प्रकाशित: ११ पुष २०७९ १३:५८ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast