कांग्रेस हठका कारण गठबन्धन टुटेको माओवादी निष्कर्ष

हिमाल प्रेस ११ पुष २०७९ ११:२६
14
SHARES
कांग्रेस हठका कारण गठबन्धन टुटेको माओवादी निष्कर्ष

काठमाडौँ– नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ। पार्टीको सोमबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिएका हुन्। उनले भने, ‘कांग्रेसको हठका कारण गठबन्धन टुटेको हो।’

आइतबार १२ बजेसम्मको प्रयासमा पनि देउवाले माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै नदिने अडान लिएपछि अर्को गठबन्धन गर्नुपरेको उनको भनाइ छ। उनले भने, ‘हामीले सुरक्षित र धैर्यका साथ प्रतीक्षा गर्दा पनि कांग्रेसले अडान नछाडेपछि अर्को बाटो लिनुपरेको हो। यसलाई आश्चर्य मान्नु पर्ने छैन।’

गठबन्धन टुटेपछि सातवटा पार्टीको समझदारी भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

बैठकले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेको छ। उनले भने, ‘आज सानो मन्त्रिपरिषद् गठन हुन्छ।’ महराले कुन पार्टीबाट कति जना मन्त्री बन्ने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखका बारेमा पनि निर्णय हुन बाँकी रहेको बताए। श्रेष्ठलाई उपपप्रधानमन्त्री बनाइने भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी रहेको महराले बताए।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले पनि दाहाललाई फोन गरेर मन्त्रालय स्वीकार गरेको जानकारी महराले दिए। उनले भने, शेरबहादुर देउवाले फोन गरेर हाम्रो प्रधानमन्त्री तपाईँ नै हो भन्नुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =