धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

हिमाल प्रेस ९ पुष २०७९ ९:४५
6
SHARES
धनकुटाबाट ५० करोड बढीको काठ निर्यात

धनकुटा- धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ।

सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तीस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ। जिल्ला डिभिजन वन कार्यालयको तथ्यांकअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ।

कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लाबाट २८ लाख ८३ हजार नौ सय १८ क्युबिक फिट काठ निकासी भएको थियो। जसमा सरकारद्वारा व्यवस्थित वनबाट १५ हजार एक सय ८० र निजी तथा नम्बरी वनबाट २८ लाख ६८ हजार सात सय ३८ क्युबिक फिट काठ निकासी भएको छ।

यहाँबाट काठ निकासी गर्दा व्यवसायीले काठको जातअनुसार प्रतिक्युबिक फिट एक सय रुपैयाँदेखि दुई सयसम्मको दरले सरकारलाई कर तिर्ने गरेका छन्। जिल्लाबाट गत वर्ष काठ निर्यातबाट आठ करोड ३१ हजार सात सय १० रुपैयाँ कर उठेको थियो।

चालु आर्थिक वर्ष २०७९÷०८० को तीन महिनामा जिल्लाबाट निजी वनबाट मात्र १० लाख ८५ हजार दुई सय २४ क्यूबिक फिट काठ निकासी भएको छ। तीन महिनामा २ करोड ९२ लाख ९३ हजार रुपैयाँ कर उठेको वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले जानकारी दिए।

एक डिभिजन र छवटा सव डिभिजन रहेको जिल्लाबाट सबैभन्दा बढी उत्तीस जातको काठ निर्यात हुनेगरेको कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए।

प्रकाशित: ९ पुष २०७९ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =