अपांगता संरक्षण नेपालद्वारा शंखरापुरलाई ल्यापटप सहयोग

हिमाल प्रेस ७ पुष २०७९ ७:४८
4
SHARES
अपांगता संरक्षण नेपालद्वारा शंखरापुरलाई ल्यापटप सहयोग

काठमाडौँ- अपांगता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शंखरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ। बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरे।

सो अवसरमा अपांगताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए। अपांगता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए।

सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो। महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपांगता क्षेत्रमा समेत काम गर्दै आएका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपांगता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपांगतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिए।

गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपांगता भएका व्यक्तिलाई पाँच लाख ७० हजार रुपैयाँ बराबरको सहयोग गरेको न्यौपानेले जानकारी दिए।

एउटा तथ्यांकअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपांगता भएका व्यक्ति रहेका छन्।

प्रकाशित: ७ पुष २०७९ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =