३२ अंकले घट्यो नेप्से, परिसूचक १८८५ बिन्दुमा

हिमाल प्रेस २५ मंसिर २०७९ १५:४५ | Sunday, December 11, 2022
३२ अंकले घट्यो नेप्से, परिसूचक १८८५ बिन्दुमा

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ३१.९७ अंकले घटेको छ। १९१६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै १८८५.३१ बिन्दुमा ओर्लिएको हो।

बजार भारी अंकले घटे पनि तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आइतबार सीवाईसी नेपाल लघुवित्त, सुमित लघुवित्त र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको हो।
कारोबार रकमका हिसाबले आइतबार शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। यसको १० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकको ७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार कारोबार भएकामध्ये १८० कम्पनीको मूल्य घटेको छ। यसमध्ये नदीप लघुवित्त वित्तीय संस्थाको मूल्यमा नकारात्मक सर्किट लाग्यो। आइतबार २५ कम्पनीको मूल्य बढेको छ भने तीन कम्पनीको मूल्यचाहिँ स्थिर रह्यो। कुल २५३ कम्पनीको ३५ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: २५ मंसिर २०७९ १५:४५ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast