काठमाडौंँ- हिउँद लागेसँगै हिम इलेक्ट्रिोनिक्सले नयाँ हिटरहरू सार्वजनिक गरेको छ।
३४ वर्षदेखि नेपालमा हिमस्टारका विद्युतीय सामग्री बिक्री गर्दै आएको हिम इलेक्ट्रिोनिक्सले यो वर्ष सस्तो मूल्यका साना हिटर सार्वजनिक गरेको हो।
भर्खरै सार्वजनिक हिमस्टारका नयाँ हिटरको मूल्य २ हजार ३९० देखि ४ हजार ४० सम्म रहेको कम्पनीले जनाएको छ।
यी हिटरमा गुणस्तरिय हिटिङ प्रणाली प्रयोग गरिएको कम्पनीले जनाएको छ। यी हिटरमा दुईभन्दा बढी पावर सेट पनि गर्न सकिने हिम इलेक्ट्रोनिक्सको भनाइ छ।
प्रकाशित: २९ मंसिर २०७९ १२:३९ | Thursday, December 15, 2022
प्रतिक्रिया



