१७ गतेदेखि पोखराको नयाँ विमानस्थल सञ्चालन हुने, आन्तरिक उडान पनि त्यहीँबाट

हिमाल प्रेस १३ पुष २०७९ १२:५८ | Wednesday, December 28, 2022
१७ गतेदेखि पोखराको नयाँ विमानस्थल सञ्चालन हुने, आन्तरिक उडान पनि त्यहीँबाट

काठमाडौँ- पुस १७ गतेदेखि नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएको छ।

नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधारको हिसाबले पनि उचित मानिएको छ। विमानस्थलमा आईएफआर प्रविधि जडान गरिएको छ। जसले गर्दा कम भिजिबिलिटीमा विमानको उडान-अवतरण रोकिने छैन। प्राधिकरणले फागुन ११ गतेदेखि रात्रिकालीन उडान पनि हुने जनाएको छ।

यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखिएको छ। यात्रुले जहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ।

सुरुवातको समयमा लगेजको तौल तथा सुरक्षा चेकजाँचमा समय लाग्ने हुँदा तोकिएको समयभन्दा कम्तीमा डेढ घण्टाअघि विमानस्थल पुग्न प्राधिकरणले अनुरोध गरेको छ।

प्रकाशित: १३ पुष २०७९ १२:५८ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast