काठमाडौँ- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेकी हुन्।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन्।
स्याङ्जा-२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ।
                            प्रकाशित: १५ मंसिर  २०७९ ९:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

